काठमाडौँ । सरकारले संविधान दिवसको अघिल्लो दिन र ३१ भदौमा गरी दुई चरणमा कर्मचारी सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ असोजमा २ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको भने ३१ भदौमा अन्य कर्मचारीको सरुवा गरेको छ ।
एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६४६ नासु खरिदार सहित १ हजार २५४ कर्मचारीको सरुवा गरिएको हो ।
जसमा ७१ जना विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २८ जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) र केहि इन्जिनियर तथा बाँकी राजपत्र अनंकित नायव सुब्बा तथा खरिदार स्तरका कर्मचारी छन् ।
हेर्नुहोस् लिष्ट
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१ ०७:४०
प्रतिक्रिया दिनुहोस्