Odapalika - The Fourth Estate - चौथो अंग
आजदेखि ६३ स्थानमा सुपथ मूल्य पसल,  कुन सामानमा कति छुट ?

काठमाडौँ । सरकारले  चाडपर्व लक्षित सुपथ मूल्यको पसल बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थाानमा असोज ३ गते बिहीबार (आज) देखि आउँदो माघ २ गतेसम्म सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको हो । 

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु,  सूर्यविनायक का विक्री कक्षहरु राखिएका खाद्य व्यवस्थाले जनाएको छ । 

विभिन्न प्रकारका चामल र दालमा ५ रुपैयाँ,. विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रति लिटर/प्रति केजी ७ रुपैयाँ, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रति केजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्याङ्ग्रा, डिडिसी. घ्यूमा प्रति केजी १० रुपैयाँ सहुलियतको व्यवस्था गरिएको छ । 

खाद्य व्यवस्था लिमिटेडले लक्षित खाद्यान्न विक्री परिमाण  ५० हजार क्विन्टल लिएको छ । 

यस वर्ष मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रहरुबाट खसीबोका १ हजार ५०० वटा र  च्याङ्ग्रा ३०० वटा गरी १ हजार ८०० वटा खरिद गरेर बिक्री गर्ने लक्ष्य लिएको छ । 

खसीबोकाको बिक्री प्रादेशिक कार्यालय थापाथलीबाट गर्ने खाद्यलउ जनाएको छ । खसीबोका घटस्थापनाको आसपासदेखि नवमीको दिनसम्म बिक्री गरिने जनाइएको छ । 

सुपथ मूल्यका पसल सञ्चालनका लागि सरकारले ३ करोडको बजेट स्वीकृत गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update