काठमाडौँ । सरकारले संविधान दिवसको अवसर पारेर खुला गरेसँगै धरहरा चढ्नेको घुइँचो लागेको छ ।
गएको भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संविधान दिवसको दिन असोज ३ गते बिहीबार (आज)देखि धरहरा सञ्चालनमा ल्याइएका हो ।
केही दिनका लागि धरहरा निःशुल्क गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा खुलाएसँगै बिहीबार बिहानदेखि नै चढ्न जानेको घुइँचो लागेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१ १३:०९
प्रतिक्रिया दिनुहोस्