Odapalika - The Fourth Estate - चौथो अंग
धरान उपमहानगरपालिकामा ४ थरी लेटरहेड, आधिकारिक कुन ? 

काठमाडौँ । श्रम संस्कृतिको विकासमा लागेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र नगरपालिकाका कर्मचारीले  ४ थरी लेटरहेड प्रयोग गरिरहेको भेटिएको छ । 

यतिसम्म कि कोशी प्रदेश नामाकरण भइसक्दा पनि धरान उपमहानगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतले अझै पनि प्रदेशको नाम ‘१ नम्बर प्रदेश’ उल्लेख भएकै लेटरहेड प्रयोग गरिरहेका छन् । उपमहानगरपालिकाको छापमा समेत एकरुपता छैन ।  

धरानमा मेयर साम्पाङले ११ भदौमा एउटा सूचना जारी गरे, आफ्नै हस्ताक्षरमा । सूचनामा धरानको प्रस्तावित एयरपोर्ट क्षेत्रमा व्यक्तिका जग्गा बेचबिखन भइरहेको सूचना पाइएको भन्दै आइन्दा जग्गा विक्री वितरणको सिफारिस नगर्न भनिएको छ । 

तर यो सूचनामा प्रयोग भएको लेटरहेड हेर्नुस् त !

mayor1693281976.jpg

यो लेटरहेडमा १ नं प्रदेश उल्लेख छ भने छाप समेत पुरानै प्रयोग गरिएको छ । 

अब प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले गत ३२ साउनमा प्रयोग गरेको लेटरहेड र छाप हेरौं । 

adhikrit1693282018.jpg

यो लेटरहेडमा भने कोशी प्रदेश नै उल्लेख भएको लेटरहेड र छाप छ । 

त्यसो भए प्रमुख प्रशासकीय अधिकृत र मेयरले प्रयोग गर्ने लेटरहेड र छाप नै अलग हो त ?

होइन । 

किनकी कार्यालयका शाखा अधिकृतहरुको हस्ताक्षरमा जारी हुने सुचनाको लेटरहेड र छापसमेतमा प्रदेशको नाम गलत नै छ । नपत्याए गत ३१ साउनमा नगर प्रहरी भर्ना सम्वन्धि नगरपालिकाका अधिकृत शम्भु प्रसाद पाण्डेले प्रयोग गरेको लेटरहेड र छाप हेरौँ । 

karmachari1693282061.jpg

तिनै मेयरले स्याम स्वेत लेटरहेड प्रयोग गर्दा भने प्रदेशको नाम कोशी र  छापमा पनि कोशी नै उल्लेख भएको प्रयोग गरेका छन् । 

ल हेर्नुस् त लेटरहेड ? 

mayor kalo1693282093.jpg

यतिमात्र कहाँ हो र ? धरान उपमहानगरपालिकासँग प्रदेशको नामसमेत उल्लेख नभएको लेटरहेड पनि रहेछ । 

गत २२ साउनमा नगरपालिकाका कुनैपनि पदाधिकारीको हस्ताक्षर बिना जारी गरिउको एउटा सूचनामा प्रदेशको नामसमेत उल्लेख नगरिएको लेटरहेड प्रयोग गरिएको छ । 

हेर्नुहोस् लेटहेड

name bina ko1693282120.jpg

तर यो लेटरहेडमा रहेको छापमा भने कोशी प्रदेश उल्लेख गरिएको छ । 

किन यस्तो भइरहेकोछ त ? 

फरक फरक लेटरहेड कसरी र किन प्रयोग भइरहेको छ भनेर हामीले प्रमुख प्रशासकीय अधिकृत भट्टराई र  उपमहानगरपालिकाका प्रवक्ता सुर्य बहादुर भट्टराईसँग राख्यौं । उनको जवाफ यस्तो छः

किन ४ खालको लेटरहेड प्रयोग भइरहेको हो मलाई थाहा नभएन । यो मेयरसाव या प्रमुख प्रशासकीय अधिकृतलाई नै सोध्नुपर्छ । जहासाँ मेरो १७ नम्बर वडा छ । म त्यसको अध्यक्ष हुँ । यो वडामा राज्यको नियम अनुसार नै लेटरहेड प्रयोग भइरहेको जानकारी गराउँछु । 

प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई भने ४ खालको लेटरहेड र २ खालको छापको प्रयोग भइरहेको रहेछ भन्दा आफैँ आश्चर्यमा परे । 

उनले वडापालिकासँग फोनमा आश्चार्य व्यक्त गर्दै भने, ‘यस्तो पनि भएको छ ? वडापालिकाले छाप र लेटरहेडको नमूना हेर्न भनेपछि उनले तत्काल पत्रहरु निरीक्षण गरे । त्यसपछि उनको प्रतिकृया यस्तो छ : 

कर्मचारीहरले असावधानीबस पुराना लेटरहेड र छाप प्रयोग गरेका रहेछन् । यो गर्न हुन्थेन । अब बल्ल थाहा भयो । हामी तत्काल सच्याएर एकरुपता ल्याउँछौँ । हाम्रो कमजोरी औल्याउनु भएकोमा धन्यवाद ।

अब लेटरहेड र छाप सच्चिएर एउटै बन्ला कि नबन्ला? तपाई पनि हेर्दैगर्नुस् है !

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update