Odapalika - The Fourth Estate - चौथो अंग
नेसनल डे कन्सर्टमा बालेनका समर्थकमाथि कुटपिट 

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट भएको भनिएको नेसनल डे कन्सर्टमा काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थक कुटिएका छन् । 

बालेनको पक्षमा नारा लगाएका युवामाथि अर्काे समूहका युवाले कुटपिट गरेका हुन् । बाक्लो सुरक्षाकर्मी उपस्थित स्थानमा बालेनका समर्थक कुटिएका हुन् ।

बिहीबार अपरान्ह सुरु भएको कन्सर्र्टमा बालेनका समर्थकले ‘बालेन, बालेन’ भन्दै नारा लगाउन थालेपछि अर्काे समूहले कुटपिट गरेको हो । 

बालेन समर्थकलाई कुटेर भाग्ने समूहको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update