Odapalika - The Fourth Estate - चौथो अंग
७ बुँदे सहमतिबाट बनेको कांग्रेस–एमाले सरकारका ८ बुँदे संकल्प, स्थानीय तहको कुरै छैन

काठमाडौँ । नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारका लागि ८ बुँदे साझा संकल्प तथा नीतिगत प्रतिवद्धता तयार पारिएको छ ।

नेपाली कांग्रेस र एमालेका नेताहरुले संयुक्त रुपमा सो प्रतिवद्धता तयार पारेका हुन् । प्रतिवद्धताको मस्यौदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । 

प्रतिवद्धतापत्र तयार पारेर बुधबार नेताहरुलाई बुझाइएको हो ।

सो प्रतिवतापत्रमा ८ बुँदा छन् । गत असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदेसहमतिमा व्यक्त राष्ट्रिय हितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन गर्ने सङ्कल्पका साथ नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

प्रतिवद्धतापत्रमा स्थानीय तहप्रति कुनै विषय नै राखिएको छैन । अहिले ३ तहका सरकार छन् । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई सहयोग र सहजीकरण गर्नुपर्ने भएपनि अहिले सार्वजनिक भएको प्रतिवद्धतापत्रमा स्थानीय सरकारप्रति कुनै विषय नहुन आफैमा अनौठो भएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रवक्ता डा. प्रकाशशरण महत तथा एमाले उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको थियो । सो कार्यदलले प्रतिवेदन बुझाएको हो ।

यस्तो छ सरकारको ८ बुँदे प्रतिवद्धतापत्र

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update