Odapalika - The Fourth Estate - चौथो अंग
जुम्लाका हिमा, सिंजा र चन्दननाथ साक्षर पालिका घोषणा

जुम्ला । जुम्लाका तीन स्थानीय तहलाई साक्षर घोषणा गरिएको छ । साक्षर घोषणा गर्न तोकिएका सूचक पूरा गरेका तीन स्थानीय तहलाई साक्षर घोषणा गरिएको हो । 

साक्षर पालिका घोषित हुनेमा चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका र सिंजा गाउँपालिका रहेका छन् । गएकाे साउन २० गते हिमालाई साक्षर घोषणा गरिएको थियो भने चन्दननाथ र सिंजा असोज २ गते साक्षरण घोषणा गरिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । 

चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत, हिमा गाउँपालिकाका ९६ प्रतिशत र सिंजा गाउँपालिकाका ९६.५ प्रतिशत नागरिक साक्षर भएपछि घोषणा गरिएको हो । केही समयको अन्तरालमा तीन पालिकालाई साक्षर घोषणा गरिएको अध्यक्ष धितालले जानकारी दिए । 

२१ हजार ३६ जनसंख्या रहेको चन्दनाथ नगरपालिकामा  गएको साउनमा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गरेको गरिएको थियो । उक्त सर्वेक्षणमा सामान्य लेखपढ गर्न नजान्ने जम्मा ३८० जनामात्रै भेटिएका थिए । उनीहरुलाई साक्षर बनाएसँगै पालिका साक्षर घोषणायोग्य भएको हो । 

१२ हजार ८०० जनसंख्या रहेको हिमामा १२ हजार २५६ जना साक्षर भएसँगै पालिकालाई नै साक्षर घोषणा गरिएको हो । सिंजाको कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ 

जुम्लाकै पाँच स्थानीय तहले पनि साक्षर पालिका घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि वडास्तरमा कर्मचारीहरु परिचालन गरेर तथ्यांक संकलन गरिरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update