Odapalika - The Fourth Estate - चौथो अंग
कर्णालीमा पानी पर्दा अन्य प्रदेशको कस्तो रहला मौसम ? 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज पनि  देशभर मनसुनी वायुको प्रभावका  कारण केही स्थाना पानी पर्ने सम्भावना छ भनेको छ । 

हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली भइरहेको भन्दै विभागले कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको बताएको छ ।   

विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update