Odapalika - The Fourth Estate - चौथो अंग
बागमती प्रदेश सभाको बैठक आज, यस्ता छन् एजेण्डा 

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयकहरुको प्रतिवेदन प्रस्तुत गर्नै कार्यसूचि छ ।

सचिवालयलकाअनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’, ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल हुने छ । 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update