Odapalika - The Fourth Estate - चौथो अंग
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा निर्वाचित भएका छन् । टीआई नेपालको २९औँ वार्षिक साधारणसभाले  वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । 

सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ, लीलाप्रसाद सापकोटा, सुरेन्द्र वीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्र नारायण श्रेष्ठ, राजेश कुमार जोेशी, सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेसामा संग्लग्न रहँदै आएका छन् । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रुपमा विगत चार वर्ष क्रियाशील थिए । नौ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ । 

सभाले संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ ।

भ्रष्टाचारविरुद्धको राजनीतिक प्रतिवद्धता भाषणमा मात्र सीमित रहेको जनाइएको छ । संघीय लोकतान्त्रिक व्यवस्था नागरिक स्तरसम्म पुगे पनि भ्रष्टाचार नियन्त्रण तर्फमा प्रगति हुन नसकेको उल्लेख गरिएको छ । 

वार्षिक साधारणसभामा नयाँ रणनीतिक योजना कार्यान्वयनमार्फत संस्थाको सक्रियता बढाउनु पर्ने, सहकार्य सशक्त गराउनुपर्ने जस्ता कुरामा जोड दिइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update