Odapalika - The Fourth Estate - चौथो अंग
७ जना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेको सिद्धलेकले अस्वीकार गर्‍याे आठौँ अधिकृत 

काठमाडौँ । धादिङको सिद्धलेक गाउँपालिकाले सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन अस्वीकार गरेको छ । 

गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले आफ्नो स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले राम्ररी काम गरिरहेको र मन्त्रालयले समन्वय नगरी अधिकृत पठाएको भन्दै हाजिर नगरी फर्काइदिएका हुन् । 

गत १७ भदौमा सरुवा भएका हेमनाथ दाहाललाई हाजिर हुन नदिइ फिर्ता पठाइदिएका हुन् । २८ भदौमा हाजिर हुन पुगेका दाहाललाइ हाजिर गर्न नदिइएपछि उनी हाल मन्त्रालय फिर्ता भएका छन् । 

दाहाललाई हाजिर हुन नदिइए पनि निर्वाचित भएको २ वर्षको अवधिमा गाउँपालिका अध्यक्षले ७ जना प्रमुख प्रशासकयिअ धिकृत फेरिसकेका छन् । उपाध्यक्षसागको आन्तरिक लफडाका विभिन्न मुद्दा खेपिरहेका अध्यक्षले ६ महिना अघिमात्र लिखु तामाकोसी गाउँपालिकाबाट सरुवा भएर आएका बिनोद कुमार अधिकारी हटाएर शिवराम अधिकारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका छन् । 

उनलाई निमित्तको जिम्मेवारी दिइएको भनिएपनि औपचारिक पत्राचारमा भने उनले प्रमुख प्रशासकीय अधिकृत नै लेख्दै आएका छन् । सिद्धलेखबाट अधिकारीको भने नुवाकोटको म्यागङ गाउँपालिकामा सरुवा भएको छ । 

हालै मन्त्रालयले दाहाललाईे पठाएपछि अध्यक्ष खतिवडाले  पालिकामा कार्यरत  शाखा अधिकृत शिवराम अधिकारीको नाममा निमित्तको पत्र बनाएर २५ भदैमा नै पदस्थापन गरिसकेका छन् । 

अधिकृतलाई हाजिर गर्न नदिएको भन्दै संघीय मामिलाले भने अध्यषले निमित्तलाइृ दिएको आर्थिक अधिकार रद्द गरिदिएको श्रोतको भनाइ छ । 

खतिवडा निर्वाचित भएर आएपछि अहिलेसम्म पालिकामा ८ जना प्रमुख प्रशासकीय अधिकृतले  नियुक्ति पाइसकेका छन् । पहिछल्लो पटक खटाइएका अधिकृतलाई हाजिर गर्न नदिइए पनि सो पालिकामा हालसम्म नन्दलाल शर्मा, राममणी मिश्र, नारायण प्रसाद अधिकारी, राजन फुँयाल, सन्जय बहादुर स्याङ्तान, डा.चक्र वलि (निमित्त) र बिनोद कुमार अधिकारी प्रमुख प्रशासकीय अधिकृत भइसकका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update