Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल उद्योग वाणिज्य महासंघको बिजनेस इन्टेलिजेन्स सिस्टम सञ्चालन 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस)को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ । 

यस प्रणालीमा महासंघका सदस्यहरुले समेत प्रयोग गर्न सक्ने गरि सम्पूर्ण सदस्यहरुको जानकारी राखिने जनाइएको छ । महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरि करिब ६ लाख व्यवसाय आवद्ध छन । ती सदस्यहरुको विवरण यस प्रणालीमा रहनेछ । 

यसैगरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिनेछ । नलेज प्ल्याटफर्मका रुपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकासन यस प्रणालीमा राखिनेछ । जुन सर्वसाधारणको पहुँचमा रहनेछ । 

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update