Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरका सडकमा यात्रुका लागि मेच 

ललितपुर । ललितपुर महानगरपालिकाले सडको पेटीमा सर्वसाधरणलाई बस्नको लागि मेच राखेको छ । 

सडक पेटीमा राखिएको मेच महानगर प्रमुख चिरिबाबु महर्जनले अवलोकन समेत गरेको नगर प्रहरी प्रमुख सिताराम हाथेुछले जानकारी दिए । 

अहिले कुपण्डोलदेखि जावालखेलसम्मको सडकमा बस्ने व्यवस्था नहुँदा सर्वसाधरणलाई अप्ठेरो परिरहेकोले सो व्यवस्था गरेको उनले बताए । 

‘कुपुुण्डोलदेखि जवालाखेलसम्म कही बस्ने ठाँउ छैन, पर्खनुपरे बस्ने ठाउँ छैन । बस पर्खिदा बस्ने ठाउँ छैन, ठुलाठुला पेटी बनाएको ठाउँमा चिरिबाबु सर आफैले जहाँ जहाँ पेटी ठुुलो त्यहाँ बनाउन भनेकोले बनाएको हो,’ उनले भने । 

उनले अब सडक पेटीमा मानिसहरु आरामले बस्ने पाउने, गाडी बसहरु पर्खन परे आराम गर्न पाउने भएको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update