Odapalika - The Fourth Estate - चौथो अंग
५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ उपसचिवको सरुवा, को कहाँ पुगे ? 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ जना उपसचिवको सरुवा गरेको छ । 

आइतवार भएको सरुवा अनुसार ५ जना उपसचिवलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । 

भविश्वर घिमिरेलाई प्यूठानको स्वर्गद्वारी नगरपालिका, चेतराज बराललाई स्याङजाको चापाकोट नगरपालिका, मनिता श्रेष्ठलाई सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, छविलाल नेपालीलाई अछामको कमलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय योजना आयोगमा कार्यरत उपसचिव गंगाधर पौडेललाई बागलुङको गलकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तो छ सरुवा लिष्ट

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update