Odapalika - The Fourth Estate - चौथो अंग
कार्यपालिका बैठक बोलाउन परमादेश माग्दै इटहरीका जनप्रतिनिधि अदालतमा 

सुनसरी । इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधि कार्यपालिका बैठक राख्न परमादेशको माग गर्दै अदालत पुगेका छन् । इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक नराखेको भन्दै बैठक राख्न परमादेश माग गरेर उच्च अदालत विराटनगरमा रिट दर्ता गराएको उपमेयर संगीताकुमारी चौधरीले जानकारी दिइन् । 

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक नराखेको भन्दै उपमेयर चौधरी,  १५ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले परमादेश माग्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गरेका हुन् ।

८ महिनादेखि कार्यपालिका बैठक नराखेको र पटक पटक बैठक राख्न गरेको आग्रह मेयर पौडेलले बेवास्ता गरेपछि अदालत जानु परेको उपमेयर चौधरीले जानकारी दिइन् ।

‘८ महिना भयो कार्यपालिका बैठक राख्नु भएको छैन । हामीले पटक पटक बैठक राख्न भन्यौँ । तर, मान्नु भएन । यसपछि परमादेश माग्दै अदालत जानुपरेको हो,’ उनले वडापालिकालाई भनिन् । 

कार्यपालिका बैठक नराख्दा चालु आर्थिक वर्षको बजेटसमेत पारित भएको छैन । जसकारण उपहानगर अहिले शून्य बजेटमा चलेको उपमेयर चौधरीले बताइन् । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update