Odapalika - The Fourth Estate - चौथो अंग
आज र भोलि पानी पर्ने, तर कहाँ कहाँ ? 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजबाट केही दिन मौसममा व्यापक फेरबदल आउने बताएको छ । 

देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव  छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update