Odapalika - The Fourth Estate - चौथो अंग
गण्डकीका कर्मचारीसम्बन्धी ऐन संशोधन, यस्ता छन् थपिएका सुविधा

कास्की । प्रादेशिक निजामती सेवा ऐन संशोधन भएसँगै कर्मचारी बढुवाको पनि बाटो खुलेको छ । गण्डकी सरकारले निजामती सेवा ऐन संशोधन गरेको हो । कर्मचारीको बढुवा र तहवृद्धिमा देखिएको समस्या समाधानका लागि उक्त ऐन संशोधन गरिएको हो । 

संशोधित ऐनअनुसार पाँचौँ तहमा बढुवा भएका कर्मचारीलाई छैटौँ तहमा बढुवा हुने बाटो खुलेको छ । ऐनको दफा २८ को उपदफा २ (क) र (ख) मा गरिएको संशोधनमा पाँचौँ तहका कर्मचारीलाई निश्चित समयपछि छैटौँ तहमा बढुवा हुन पाउने व्यवस्था गरिएको छ । 

एघारौँ तहमा बढुवा हुनका लागि आवश्यक पर्ने विशेष तालिमलाई पनि संशोधन गरिएको छ । ऐनको दफा ४ को उपदफा ५ थप गरिएको छ । जसमा सम्बन्धित् मन्त्रालयले कर्मचारी नियुक्त गर्न विशेष दरबन्दी सिर्जना गर्न सक्ने व्यवस्था गरिएको छ । 

साथै स्थानीय सेवा ऐन २०७९ पनि संशोधन गरिएको छ । जसअनुसार स्थानीय स्वास्थ्य सेवाको कुनै पदमा योग्यता पुगेका चिकित्सक वा स्वास्थ्यकर्मीलाई करारमा नियुक्त गरेर सेवामा लगाउने सकिने व्यवस्था गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update