Odapalika - The Fourth Estate - चौथो अंग
९० प्रतिशत अनुदानमा गहुँको बिऊ दिने,  मापदण्ड पूरा गरेर निवेदन दिन वडाको आह्वान

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिकाको ८ नं. वडा कार्यालयले अनुदानमा गहुँको बिऊ दिन इच्छुकलाई निवेदन दिन आह्वान गरेको छ । 

मंगलबार वडाध्यक्ष सुरज कुमार पोखरेलले सार्वजनिक सूचना जारी गरेर नगरपालिकाको स्वीकृत कार्यक्रमअन्तर्गत ९० प्रतिशत अनुदानमा गहुँको बिऊ दिन इच्छुक व्यक्ति वा संस्थालाई निवेदन दिन आह्वान गरेका हुन् । 

यही असोज १३ गतेभित्र मापदण्ड पूरा गरेर निवेदन दिन आह्वान गरिएको छ । निवेदन दिँदा निवेदकको नागरिकता प्रमाणपत्रको फोटोकपि, जग्गाधनी पुर्जाको फोटोकपि र कृषि समूह र कृषि सहकारीको हकमा बैठकको निर्णयको फोटोकपि समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ । 

notice-nagarjun-1727173090.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update