Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारले दियो जितिया पर्वको सार्वजनिक बिदा 

रौटहट । गुजरा नगरपालिकाले जितिया पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले जितिया पर्वको अवसरमा यही असोज ९ गते बुधबार सार्वजनिक बिदा दिएको मेयर सन्तलालप्रसाद चौधरीले जानकारी दिए । 

मंगलबार मेयर चौधरीले सार्वजनिक सूचना जारी गरेर बुधबार जितिया पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् । 

सार्वजनिक बिदा दिएको सम्बन्धमा जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘बुधबारका दिन गुजरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था लगायत मातहतका सवै कार्यालयमा बिदा रहने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।’ 

उनले जितिया पर्वको अवसरमा शुभकामना पनि दिएका छन् । 

460961964_1624088061868832_169775240048218423_n-1727174674.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update