Odapalika - The Fourth Estate - चौथो अंग
गाईजात्रा मनाउन काठमाडौँका यी सडकमा २ दिन गाडी चलाउन नपाइने 

काठमाडौँ । गाईजात्रा पर्वलाई मध्यनजर गरेर काठमाडौँ महानगरपालिकाले काठमाडौँका केही स्थानमा सडक आवतजावतमा प्रतिबन्ध लगाएको छ ।

महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गर्दै बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने गरेको हो । 

काठमाडौं महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश रोक लगाएको छ । काठमाडौंका साथै देशभरी बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने छ ।  

Photos1693362616.jpg

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update