Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको उपनिर्वाचन : आयोगले गर्‍यो राजनीतिक दल दर्ताको आह्वान 

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका निम्ति राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । 

स्वीकृत कार्यक्रमअनुसार बुधबार आयोगले सूचना जारी गरेर दल दर्ताका लागि आह्वान गरेको हो । स्वीकृत कार्यक्रम र सूचनाअनुसार यही असोज १० देखि १६ गतेभित्र राजनीतिक दल दर्ता गरिसक्नुपर्नेछ । 

योसँगै भोलि बिहीबारदेखि आउँदो बुधबारसम्म उपनिर्वाचनमा सहभागी हुने दल दर्ता हुनेछन् । यही असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने कार्यक्रम छ । 

आयोगको स्वीकृत निर्वाचन कार्यक्रमअनुसार कात्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र मंसिर १६ मा मतदान गर्नेछ । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update