Odapalika - The Fourth Estate - चौथो अंग
स्याउ बिक्री नभएपछि परिकार बनाएर बेच्दै मुगुका कृषक

काठमाडौँ । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन् । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानि भएको जिल्ला हुँदा पछिल्लो समयमा गाँउ गाँउमा सडक सञ्जाल  जोडिएपछि  मुगुका कृषकहरु खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् ।

उत्पादन गरेका ठूला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरु मारमा परेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वन ईकाईबाट पोष्ट हार्भेष्ट तथा फलफुल प्रशोधन तालिम पाएपछि  खेर जाने स्याउबाट विभिन्न प्रकारका बस्तुहरु बनाउन थालेका हुन् ।

लामो समयदेखि स्याउ खेती गरी राम्रो ठूला दाना भएको स्याउ बगैचाबाट बिक्री हुने गरेको थियो । साना दाना लागेका स्याउहरु केही बगैचाबाटै खेर जाने र केही घरमा ल्याएर गाई,भैसीलाई खुवाएर खेर जाने गरेको स्थानिय जस बहादुर बुढाले बताए । 

प्रधानमन्त्री कृषी आधुनिकीरण परियोजनाले खेर जाने स्याउ लगायत अन्य फलफुलहरुको सदुपयोग गर्नको लागि पोष्ट हार्भेष्ट तथा फलफुल प्रशोधन तालिम दिएपछि अहिले खेर जाने स्याउ तथा अन्य फलफुलबाट जाम, जेली, साईटर, जुस, चाना, भुजा बनाएर सीप सिकेर यो बर्ष धेरै खेर गएका स्याउ तथा अन्य फलफुलहरु राम्रो आम्दानीको स्रोत बन्नुका साथै धेरै जनाले रोजगारी पाएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ का स्याउ कृषक बुढाले बताए ।

मुगुमा बिगत लामो समयदेखि कृषकहरुले स्याउ खेती गर्दै आईरहेको भए पनि पछिल्लो समयमा सडक सञ्जालको राम्रो पहुँच पुग्दा ब्यापारीहरु कृषकको बगैचामा आएर राम्रो ए, बि ग्रेड स्याउ खरिद गरेको प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाका प्रमुख तेज बिक्रम मल्लले बताए ।

सी, डी ग्रेडका स्याउ बिक्री नभएर खेर जाने कृषकको ब्यापक गुनासो अनुसार आम्दानीको स्रोत बनाउनको लागि कार्यालयको बार्षिक कार्यक्रम अनुसार पोष्ट हार्भेष्ट तथा फलफुल प्रशोधनले तालिम दिएपछि कृषकहरुको थप आम्दानी बढ्नुका साथै यो बर्ष १८ जना कृषकहरुलाई जाम, जुस, जेली, साईटर, चाना बनाउने सीप सिकाइएको  छ । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update