Odapalika - The Fourth Estate - चौथो अंग
वडाअध्यक्षको उपचारका क्रममा निधन, पालिकाले दियो शोक बिदा 

काठमाडौँ । कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ ।  उनको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मंगलबार निधन भएको हो ।

६८ वर्षीय यादव यो वडामा दोसेपटक चुनाव तिेर वडाध्यक्ष भएका थिए । मस्तिष्कमा पलाएको ट्युमरको उपचार गराइरहेका उनको पछिल्लो समय भेन्टिलेटरमा उपचार भइरहेको थियो । 

गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीका अनुसार उपचारका क्रममा उनको निधन भएको हो । उनको निधनमा पालिकाले आज शोक बिदा दिएको छ । 

गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्ष यादवको निधनले गाउँपालिकाले विकासप्रेमी अगुवा गुमाउनु परेकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनामा हार्दिक समवेदना व्यक्त गरेका समेत गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update