
झापा । झापाको कन्काइ नगरपालिकाले सोमवार(आज)वाट पालिकाभित्र सुर्तीजन्य पदार्थ बेचविखन र उपभोगमा प्रतिबन्ध लगाएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरक्षेत्र भित्र खुट्खा, खैनी, चुरोटलगायतका सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँसम्म जरिमाना गरी व्यवसाय दर्ता रद्ध गर्नेसम्मको चेतावनी दिएको छ ।
नगरपालिकाले यस्ता सुर्तीजन्य पदार्थको प्रयोग गर्नेलाई ५ हजार रुपैयाँसम्म जरिमाना गर्ने चेतावनीसमेत दिएको छ ।
सुर्तीजन्य पदार्थ बेचबिखन बन्द गरेपनि मदिराजन्य पदार्थको विक्रीवितरण र सेवनका विषयमा भने पालिका मौन छ ।
झापाको बिर्तामोडलगायतका स्थानमा स्थानीय सरकारहरुले धमाधम सुर्तीजन्य पदार्थ विक्रीवितरण र उपभोगमा बन्देज लगाउँदै आएका छन् ।
तर अनुगमन र निर्णयको बलियो कार्यान्वयनमा भने स्थानीय सरकार चुक्दै आएको स्थानीयको गुनासो छ ।