Odapalika - The Fourth Estate - चौथो अंग
३४ वर्षपछि सर्रे अम्वासको काठघरमा फर्कदै एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने भएको हो । 

भदौ ९ गतेलाई तय गरेको बैठक अन्तिम समयमा स्थगित गरेको एमालेले फेरि सोही ठाउँमा बैठक गर्ने निर्णय गरेको थियो । मधेससँगको सम्बन्धन चिसिएको बुझाइमा रहेको एमालेले त्यहाँ बैठक गरेर मधेस प्रदेशमा संगठन सुधारको रणनीति अख्तियार गर्न लागेको छ । 

बैठकका लागि कतिपय नेताहरू तइहाँ पुगिसकेका छन् भने केही पुग्नेक्रममा रहेको एमालेले जनाएको छ । जहाँ तत्कालीन मालेले ३४ वर्षअघि अर्थात २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो भने जनताको बहुदलीय जनबादको बसह यही महाधिवेशनबाट सुरु भएको थियो । 

सम्बन्धित समाचार

कांग्रेसले जितेको वडामा एमालेको सचिवालय बैठक, यसकारण ऐतिहासिक छ जबज जन्माउने काठघर 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update