Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता कार्यक्रम

काठमाडौँ ।  आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबारदेखि राजनीतिक दल दर्ता कार्यक्रम सुरु भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले बिहीबारदेखि आउँदो बुधबारसम्म दर्ता गर्नुपर्ने हुन्छ । 

स्थानीय तहको उपनिर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार असोज १० देखि १६ गतेसम्म निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले कार्यालयमा समयमा दर्ता गर्नुपर्नेछ । 

बुधबार नै सूचना निकालेलेर आयोगले उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निर्धारित समयमा दल दर्ता गर्न आह्वान गरेको थियो । 

दर्ताका लागि राजनीतिक दलले निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा आयोगको कार्यालयमा निवेदन दिनुपर्ने आयोगको सूचनामा उल्लेख छ । 

यसअघि नै आयोगमा दर्ता भएका ११९ वटा राजनीतिक दलले मात्र अहिले उपनिर्वाचनमा भाग लिन पाउने र उनीहरुले पुनः दर्ता गर्नुपर्ने आयोगले भनेको छ । 

सरकारले आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त रहेका ४१ पदका लागि उपनिर्वाचन गर्दै छ । 

जसमा जिल्ला समन्वय समितिका प्रमुख २, नगरपालिकाको प्रमुख र गाउपालिका अध्यक्ष ३, नगरपालिकाको उपमुख तथा गाउँपालिका उपाध्यक्ष ५, वडा अध्यक्ष ३१ गरेर स्थानीय तहमा ४१ पदमा उपनिर्वाचन हुन लागेको हो ।

notice-aayog-1727330361.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update