Odapalika - The Fourth Estate - चौथो अंग
बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार, यस्ता छन् स्थानीय तहका दायित्व  

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीनबटै तहका सरकारमार्फत कार्यान्वयन हुने बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार पारेको छ । 

मन्त्रीस्तरीय निर्णयबाट पारित सो कार्यविधलिे संघदेखि स्थानीय सरकारसम्मले संचालन गर्ने कार्यक्रमका विषयमा समेटेको मन्त्रालयको भनाइ छ । 

तेस्रो बहुक्षत्रीय पोषण कार्यक्रम (२०८० देखि २०८८)ले लिएको लक्ष्य, उद्धेश्य र कार्यक्रम कार्यान्वयन गरी नतिजा हासिल गर्न मन्त्रालयले यो कार्यविधि तयार पारेको हो ।

तीनवटै तहका सरकारले संचालन गर्ने बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयनका लागि सहजीकरण गर्ने उद्धेश्यका साथ तयार पारिएको कार्यविधिको गर्भवती र सुत्केरी महिला, २ वर्षमुनिका बालबालिका र किशोरीहरुलाई आवश्यक पर्ने पोषणको सुनिश्चितताका लागि स्थानीय तहमा सहजीकरण गर्ने भनिएको छ । 

यो कार्यक्रमका लागि स्थानीय तहले अनुदानबाहेकका आफ्ना क्षेत्रबाटसमेत बजेट व्यवस्थापन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । 

कार्यविधिमा स्थानीय तहस्तरीय पोषण तथा खाद्य सुरक्षा सचविालय बनाउनुपर्नेदेखि लिएर यसको कार्यान्वयनका लागि जिल्ला समन्वय समितिको समेत भूमिका कार्यविधिमा उल्लेख छ । 

हेर्नुहोस् कार्यविधि

  

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update