Odapalika - The Fourth Estate - चौथो अंग
भोलि र पर्सी रात्रिकालीन बस चलाउन प्रतिबन्ध 
प्रतिकात्मक तस्बिर

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार दुई दिन रात्रिकालीन यात्रुवाहक बस चलाउन प्रतिबन्ध लगाएको छ । 

बिहीबारदेखि आइतबार दिउँसोसम्म भारी वर्षा हुने भएपछि प्राधिकरणले दुई दिन रात्रिकालीन बस चलाउन रोक लगाएको हो । 

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म हुने भारी वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा रात्रिकालीन बस चलाउन रोक लगाइएको हो । 

Bipad-release-720x1024-1727353950.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update