Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन आज भाग्य चम्कने र काम बन्ने योग परेका राशिहरु 

आजको पञ्चाङ्ग

तिथिः दशमी  । नक्षत्र: तिष्य । करण: बणिज । चन्द्रराशिः कर्कट । सूर्योदयः ५ः ५५ । सूर्यास्तः १७ः ५३ । दिनमानः २९ः ५४ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आजको काममा अवरोध हट्नेछ । समयले साथ दिनेछ । भेटघाटको अवसर हुनेछ । मित्रसँगको भेटले मन आनन्दित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

तपाईँको आज शुभ दिन हुनेछ । धन सम्पत्ति प्राप्त हुनेछ । मन कर्मक्षेत्रमा लाग्नेछ । जताबाट पनि लाभ नै लाभ देखिन्छ । 

मिथुन (का कि कु घ ङ छ के को ह )

स्वास्थ्यमा सामान्य समस्या आउनेछ । दाजुभाइसँग बिछोडिनु पर्नेछ । पराक्रमका कारण कार्य सम्पन्न हुनेछ । यात्रामा निस्किनु पर्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो )

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । पराक्रमले अरुलाई प्रभावित पार्नु हुनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे)

यात्राको कारण केही थकितको महशुस हुनेछ । गरेको कामबाट फाइदा पाइनेछ । सोचेभन्दा बढी लाभ हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

आज गरेको कामको जश पाइनेछ । आप्mनो पराक्रमले धन प्राप्त हुनेछ । लेनदेनमा फाइदा हुनेछ । यात्रा सुमधुर नै रहनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । सामान किनमेलमा समय खर्च होला । आजको यात्रा सुखद हुनेछ । स्थायी सामान किनिनेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

उपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । सन्तानले पूरै साथ दिनेछन् । विद्यामा सफलता रहनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आज तपाईँको खर्चिलो दिन हुनेछ । गरेको कामबाट बिग्रने सम्भावना देखिन्छ । नमिठो समाचारले मन खिन्न होला । स्वस्थ्य पनि कमजोर रहला । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

कामले सफलता पाउनेछ । परिवारसँग रमाइलोमा दिन बित्नेछ ।  तपाइँको विचारको सम्मान गरिनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज त्यति अनुकूल समय छैन । धेरैसँग विवाद हुनसक्छ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

सही ठाउँमा धन खर्च हुनेछ । समय भाग्योदयको रहेकाले काम बन्नेछन् । धर्मतिर मन जानेछ । धार्मिक यात्रा हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update