Odapalika - The Fourth Estate - चौथो अंग
नगरपालिकामा विप्लवले लगाए ताला, पछिपछि एमाले 

काठमाडौँ । अछामको पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दी भएको छ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न माग राख्दै नगरपालिकामा तालाबन्दी गरेको हो । 

प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर जनप्रतिनिधि र कर्मचारीबीच विवाद भइरहेको बेला सो पार्टीले योसमेतका एजेण्डा राख्दै नगरपालिकामा ताला लगाइदिएको हो ।

गालाबन्दी किन भन्ने व्यानगर गेटमा राखेर ताला लगाएपछि नगरपालिकाका कामकाज प्रभावित भएका छन् । 

स्थानीयले उठाइरहेका मागहरूलाई समेत समेटेर नेकपाले बिहीबारदेखि नगरपालिकामा तालाबन्दी गरेको जनाएको छ । 

विप्लव नेतृत्वको नेकपालाई एमालेले पनि साथ दिने बताएको छ । मेयर अम्बिका चलाउने र उपमेयर हर्कबहादुर रावलले विधि र नियम विपरीत नियुक्त गरेका तल्लो तहका कर्मचारी मार्फत आर्थिक प्रशासन संचालन गर्ने उदेश्यले त्यहाँ पठाइएका प्रसासकिय अधिकृत पदम बहादुर माझीलाई आर्थिक प्रशासनको अधिकार नदिएको भन्दै सो पालिकाभित्र असन्तुष्टि चर्किएको छ । 
panchadewal-1727399987.jpeg
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update