Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँको सिको गर्दै भीमदत्त नगरपालिका, शुक्रबार विद्यार्थीले किताब बोक्नु नपर्ने

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले हरेक शुक्रबार विद्यार्थीले किताब लिएर विद्यालय जानुनपर्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएकाे छ । काठमाडौँ महानगरपालिकाले सुरुआत गरेको शुक्रबार ‘बुक फ्रि डे’लाई अन्य स्थानीय तहले पनि अनुशरण गरेका छन् । यस्तै भीमदत्तले पनि गरेको हो । 

गएको जेठ २७ गते नगर शिक्षा समितिको निर्णयअनुसार बिहीबार (असोज १०) भीमदत्त नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई हरेक शुक्रबार ‘बुक लेस फ्राइडे’ सकाइ कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको हो । 

विद्यालयमा शुक्रबारका दिन शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई आफ्नो मौलिक पोशाक÷नेपालीपन झल्किने पोशाक÷स्थानीय परम्परागत तथा सांस्कृतिक पोषाकमा उपस्थित हुन उत्प्रेरित गर्ने तथा विद्यार्थीहरुको व्यवहारिक सिकाइमा बढी जोड दिई जीवनोपयोगी ज्ञान सीप अभिवृद्धि गर्ने वातावरणसहितको विद्यालय क्रियाकलाप सञ्चालन गर्न पाठ्यपुस्तक विनाको शुक्रबार बुक लेस फ्राइडे सिकाइ कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिइएको प्रशासकीय अधिकृत महेशबहादुर बमले जानकारी दिए । 

उनका अनुसार शुक्रबारका दिन सबै विद्यालयहरु (प्रारम्भिक बालविकास तथा शिक्षादेखि कक्षा ९–१२ सम्म) ले अनिवार्य रुपमा योग अभ्याससहित व्यावहारिक सिकाइ हुने गरी विविध कृयाकलाप सञ्चालन गर्न गराउन आवश्यक व्यवस्थापन गर्न निर्देशन दिइएको हो । 

विद्यालयबाट प्रत्येक शुक्रबारका दिन गर्ने÷गरेका क्रियाकलापको प्रतिवेदन तयार गरी विद्यालयमा अभिलेख राखी एकप्रति प्रतिवेदन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पठाउनुपर्नेछ । 

press-bhimdatta-1727419530.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update