Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको इन्द्रजात्रा तयारीः ३३ संस्थालाई निम्तो, ४ दिनको खानपान व्यवस्था 

काठमाडौँ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा मनाउन स्वदेशी ता विदेशी गरी विभिन्न ३३ संस्थालार्ई काठमाडौँ आमन्त्रण गरेको छ । 

९ असोजबाट शुरू भएर ११ असोजमा सकिने इन्द्रजात्रामा सहभागी हुन महानगरले विदेशी र स्वदेशीसहित ३३ अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको बताएको छ । महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय ८ र राष्ट्रिय स्तरबाट भगिनी सम्बन्ध राखेका ७ स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ ।

निम्तो मान्न भगिनी सम्बन्ध कायम भएका १८ नगरका ४–४ जना, संस्था र स्थानीय तहका प्रमुख, उपप्रमुख र केही जनप्रनितनिधि आउने कार्यक्रम छ । 

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरका पाहुना इन्द्रजात्रा अवलोकन गर्न विश्व पर्यटन दिवसको दिन (१० असोज)मा काठमाडौँ आइपुग्दै छन् । 

कामपाले चार दिनसम्मका लागि बस्ने र खाने व्यवस्था गरेको छ । ११ गते मुख्य जात्रा अवलोकन गरेपछि १२ गते भक्तपुर दरबारक्षेत्र भ्रमण गराउने कार्यक्रम तय भएको छ ।

महानगरले सदस्य रहेको अन्तर्राष्ट्रिय संस्थाका प्रमुखलाई निमन्त्रणा गरेको छ । कामपा सदस्य रहेको संस्थाहरूमा चीनको बेजिङमा मुख्यालय रहेको विश्व पर्यटन शहरहरूको महासंघ डब्ल्यूटीसीएफ, मुख्य महानगगरहरूको विश्व संस्था मेट्रोपोलिस, स्थानीय वातावरणको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय परिषद् आईसीएलईआई, मानव बन्दोबस्त व्यवस्थापनका लागि स्थानीय सरकारको क्षेत्रीय सञ्जाल, विशाल शहरहरूको दिगो, भूकम्पीय जोखिम व्यवस्थापन, संस्था, ऐतिहासिक शहरहरूको संस्था, संयुक्त शहरहरू र स्थानीय सरकारको संगठन  र विश्व सम्पदा शहरहरूको संगठनका प्रमुखलाई निमन्त्रणा गरिएको छ ।

महानगरले भगिनी सम्बन्ध राखेका राष्ट्रिय नगरहरूमध्ये कोशी प्रदेशको पाख्रिबास नगरपालिका, मधेस प्रदेशको जितपुर सिमरा उपमहानगरपालिका, वागमतीको मेलम्ची नगरपालिका, गण्डकीको ङिस्याङ गाउँपालिका, लुुम्बिनीको रामग्राम नगरपालिका, कर्णालीको चन्दननाथ नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरेको जनाएको छ ।

महानगरपालिकाले गाईजात्रा पर्वलाई पनि धुमधाम मनाउन भनदै दुइ दिनसम्म काठमाडौँका व्यस्त सडकमा सवारी साधन निषेध गर्ने निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update