Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकार लेख्न थाल्यो छायाँनाथ सरकार 

काठमाडौँ । मुगुको छायानाथ रारा नगरपालिकाले आफुलार्य स्थानीय सरकारका रुपमा चिनाउन थालेको छ । 

नगर प्रमुख विष्णुकुमार भामका अनुसार संविधान र प्रचलित कानुनअनुसार स्थानयि तहले पनि स्थानीय सरकार लेख्न पाउने अधिकारको प्रयोग पालिकामा सुरु गरिएको हो । 

उनका अनुसार पालिकाको लेटरहेड, व्यानगर, होर्डिङ बोर्ड लगायतमा स्थानीय तहको सट्टा स्थानीय सरकार लेख्न थालिएको छ । 

लामो समयदेखि नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिका राष्ट्रिय महासंघले आफुलाई स्थानीय सरकारका रुपमा चिनाउन र लेटरहेड लगायतमा स्थानीय सरकार लेख्न आग्रह गर्दै आएको थियो । 

पछिल्लो पटक नेपाल नगरपाकिला संघले २० भदौमा सबै नगरपालिकालाई पत्र लेखेर आफुलाई स्थानीय सरकारका रुपमा चिनाउन अनुरोध गरेको थियो । 

सो अनुरोधपछि  छायानाथ राराले १ कात्तिकबाट आफुलाई सबै स्तरबाट स्थानीय सरकारको रुपमा चिनाउने घोषणा गरेको मेयर भामले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update