Odapalika - The Fourth Estate - चौथो अंग
बाढी पहिरोको प्रभावः एक दिनमै अकासियो तरकारीको भाउ 

काठमाडौँ । देशभर परेको अविरल वर्षसँगै आएको बाढी पहिरोको प्रभाव हरियो तरकारीको मूल्यमा देखिन थालेको छ । 

उपत्यकालगायत देशभर बाढीले बितण्ड मच्चाएका कारण उपत्यका छिर्ने सबै सडक नाका अवरुद्ध छन् । जसका कारण तरकारी आयातमा समस्या भएपछि भाउ अकासिएको हो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि सार्वजनिक गरेको मूल्य सूचीमा सबैजसो तरकारीको भाउ बढेको छ । 

कालिमाटी बजारमा आज सानो गोलभेंडा किलोको ७५ रुपैयाँ किनबेच भइरहेको छ । टनेलको सानो गोलभेंडा आज किलोको ९० रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै, गाजर किलोको एक सय १० रुपैयाँबाट एक सय ९० रुपैयाँ पुगेको छ । 

बन्दा किलोको ६५ बाट ८५ रुपैयाँ पुगेको छ । काउली एक सय पाँच रुपैयाँबाट एक सय ४५ रुपैयाँ, बोडी ७५ बाट एक सय १० र तिते करेला किलोको ७५ बाट एक सय १० रुपैयाँ पुगेको छ । स्कुस किलोको १७ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ ।

यस्तै तोरीको साग किलोको ४५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ पुगेको छ । तरकारीसँगै फलफुलको भाउ पनि बढेको छ । लगातारको बर्षाले हिजो काठमाण्डौ उपत्यका र आसपासमा बाढी तथा पहिरो गएका कारण ढुवानीमा समस्या भइ भाउ बढेको हो ।
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update