Odapalika - The Fourth Estate - चौथो अंग
बिगु गाउँपालिकामा पहिरोमा पुरिएका ४ जनाको अवस्था अज्ञात, अझै पुगेन उद्धार टोली 
फाइल तस्विर

काठमाडौँ । अविरल वर्षपछि आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका ४ जना अझै बेपत्ता छन् ।

शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको दुईतले भवन माथिबाट खसेको पहिरोमा पुरिँदा नेपाली सेना गरुणदल गणका नरेन्द्रबहादुर पाल र शङ्कर चन्द, आयोजनामा कार्यरत कर्मचारीहरु नवलपरासी प्रतापपुरका ३५ वर्षे कृष्णप्रसाद चौधरी र दोलखा विगु गाउँपालिका–१ स्यालुका ३० वर्षे जयराम तामाङ बेपत्ता छन् । 

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उक्त स्थानमा उद्धार टोली पुग्न नसकेको बताए ।

हिजो बिहान साढे १० बजेतिर कर्मचारीको सिफ्ट चेञ्ज गरिउको थियो । त्यसको आधा घन्टामै ती कर्मचार िपहिरोमा पुरिएको अशंका छ ।  नेपाली सेनाका दुई जना र गेट खोल्ने बन्द गर्ने कामका लागि करार सेवामा कार्यरत दुई जना कर्मचारी पहिरोमा पुरिएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update