Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी ठगी अभियोगमा ढोरपाटन नगरपालिकाका मेयर नेपाली पक्राउ 

काठमाडौँ । सहकारी ठगी अभियोगमा बालगुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । उनलाई आज प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो । 

भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई नेपाल प्रहरीले आज विमानस्थलबाट नियन्त्रणमा लिएको जनाएको छ । 

उनी इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यष र सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका संचालक समिति उपाध्यक्ष हुन् । 

सर्वसाधारणको रकम ठगी गरेको अभियोगमा उनलाई बागलुङ जिल्ला अदालतले गत २४ जेठमा पक्राउ गर्न अनुमति दिएको थियो । 

सामाजिक सञ्जालमार्फत आफुसँग ३ अर्ब भन्दा बढीको सम्पत्ति रहेको र सो बेचेर आफु सहकारी बचतकताृको रकम फिर्ता दिन तयार रहेको बताए पनि पक्राउ भने परेका थिएनन् । 

प्रहरीले उनीसँगै सो सहकारी ठगीमा संलग्न ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरेको छ । उनीहरुले सहकारीको ५२ करोड २० लाख रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीको दाबी छ ।  

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update