काठमाडौँ । उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले वितण्डा मच्चायो ।
विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ । अझै असोजसम्म अत्याधिक वर्षा हुने पूर्वानुमान छ ।
काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आयो । बाढी मात्रै आएन, नदीकिनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो । जसका कारण नदीकिनार छेउका बस्तीहरू डुबानमा परे । अझै पनि सो बस्तीहरूमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ १५:२५
प्रतिक्रिया दिनुहोस्