Odapalika - The Fourth Estate - चौथो अंग
यो वर्षलाई भारी वर्षा टर्‍याे, बुधवारसम्म सामान्य वर्षा  

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षका लागि ठूलो वर्षको सम्भावना टरेको बताएको छ । 

तत्कालका लागि ठूलो वर्षा नभएपनि हल्का वर्षाको सम्भावना भने कायमै रहेको विभागको भनाइ छ । 

देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा कायम छ ।

मौसममा सुधार हुँदै गए पनि बुधवारसम्म देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

विपद् निम्ताउने किसिमको ठूलो वर्षाको सम्भावना भने तत्काललाई छैन । आज पनि देशभर सामान्य बदली हुनेछ ।

दिउँसो पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

 राति कोशी र गण्डकी प्रदेशका थोरै ठाउँ र बागमती प्रदेशका एकरदुई ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update