Odapalika - The Fourth Estate - चौथो अंग
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर

जुम्ला । कर्णाली प्रदेशको बिकट मानिएको जुम्लाको सिञ्जा गाउँपालिकामा बालविवाहको परम्परा भयावह रहेको देखिएको छ । 

गाउँपालिकाले विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा गरकेो एउटा अध्ययनले सिञ्जामा बालविवाहको डरलाग्दो तथ्यांकमात्र देखाएको छैन विवाह दर्तासमेत नगन्य हुने गरेको देखाएको छ । 

२७ मसिर २०७८ देखि २६ मसिर २०७९ सम्म एक वर्ष भित्र सिञ्जामा विवाह भएका परिवारहरुलाई नमूनाको रुपमा छनौट गरेर गरिउको अध्ययनका अनुसार यो एक वर्षमा ८४ प्रतिशत नागरिकले बाल विहाव गरेको भेटिएको छ । 

गाउँपालिकाको ३ बर्षको तथ्यांकले पछिल्ला वर्ष बाल विवाह घट्दो रुपमा देखाएपनि घटेको तथ्यांकसमेत देशका सबै पालिकाहरुमा भन्दा वढी देखिएको अध्ययनको निष्कर्ष छ । 

सन् २०२० मा ७९ प्रतिशत, सन् २०२१ मा ७३, प्रतिशत र सन् २०२२ मा ४८ प्रतिशत बाल बिवाहको दर पालिकामा देखिएको छ ।

गाउँपालिकामा सन् २०२२ को एक वर्षमा १४१ जनाको बिवाह भएको थियो । जसमा ६७ वटा बालबिवाह भए भने सन् २०२१ मा ७३ प्रतिशतले वाल विवाह गरेको पाइएको छ । 

गाउँपालिकामा सन् २०२२ को एक वर्षमा १४१ जनाको बिवाह मध्ये जम्मा ३२ प्रतिशत महिलाहरुको र १ प्रतिशत पुरुषहरुको बाल बिवाह भएको देखिएको छ । 

वाल विवाह गर्नेमा सबैभन्दा वढी क्षेत्रीबाहुन समुदायका छन् । अध्ययन प्रतिवेदनका अनुसार १४१ बिवाहमध्ये  ३२ प्रतिशत ब्राहमण क्षेत्री समुदायका छन् । यो अनुपात दलित समुदायमा १६ प्रतिशत छ । 

सन् २०२२ अवधिमा जम्मा भएको बिवाह १४१ मध्ये ३ वटा वा २ प्रतिशत अभिभावकहरुले गरिदिएको र १३८ वटा अर्थात ९८ प्रतिशत केटा वा केटी आफैले गरेको प्रतिवेदनले औँल्याएको छ । 

उमेर नपुगदै ४ प्रतिशतको अभिभावकले र वाँकी सवै स्वेच्छाले विवाह गर्नेहरु भेटिएका छन् । गाउँपालिकामा सन् २०२२ अवधिमा जम्मा ६७ वटा बाल बिवाह भएका मध्ये शतप्रतिशतले नै आफ्नै इच्छालेबिवाह गरेका पाइएको छन् भने ती मध्ये महिला ६७ प्रतिशत र पुरुष ३३ प्रतिशत छन् । 

उमेर पुगेकाको पनि छैन विवाह दर्ता 

२० वर्ष उमेर माथि बिवाह भएको ७४ जना मध्ये जम्मा २ जनाको अर्थात ३ प्रतिशतको मात्र बिवाह दर्ता भएको अध्ययनले देखाएको छ । विवाह दर्ता नहुनेको संख्या ९७ प्रतिशत हो । 

सबै भन्दा बढी वडा नं. २, ३, ४ र ५ मा वसोवास गर्नेले विवाह दर्ता नगरको पाइएको छ ।  २० वर्ष उमेर माथि बिवाह भएको महिलाका हकमा जम्मा ३७ जनामा कसैको पनि बिवाह दर्ता भएको देखिदैन भने पुरुषहरुको हकमा ३७ जना मध्ये २ जना अर्थात ५ प्रतिशतको मात्र बिवाह दर्र्ता गरेको अध्ययनका क्रममा पाइएको उल्लेख छ । 

विद्यालय नछाड्दै अधिकांशको विवाह

गाउँपालिकाको तथ्यांक हेर्दा सन् २०२२ मा ६७ प्रतिशतको बाल बिवाह माध्यामिक तह पढ्दै गर्दा भएको पाइएको छ । 

बाल विवाह गर्नेमा १८ प्रतिशत आधारभुत तह अध्ययन गरिरहेका, ९ प्रतिशत स्नातक तह अध्ययन गर्दै गरेका र ६ प्रतिशत कहिल्यै विद्यालय नगएकाहरु छन् । 

विवाह पछि विद्यालय छाड्नेको तथ्यांक पनि निकै ठूलो देखिएको छ । बाल विवाह गरेका १४१ जनामध्ये ११६ जनाले मात्र पढाइलाई निरन्तरता दिएको अध्ययनमा उल्लेख छ ।

उमेर नपुग्दै बच्चा जन्माउने पनि वढेको बढ्यै 

बाल बिवाह र छिटो बिवाह गर्नेहरु मध्ये १३ प्रतिशत महिलाहरु गर्भवती भएको अध्ययनले देखाएको छ । 

कम उमेरमा गर्भवती र बच्चा जन्मिएमा आमा र बच्चामा पर्नसक्ने नकारात्मक असरहरुको बारेमा पालिकाका नागरिकमा जनचेतना फैलाउन जरुरी देखिएको छ । वाल विवाह गरेका कसैलाई पनि यस्तो विावह गरे कानुन अनुसार कारवाही हुन्छ भन्ने ज्ञानसमेत नभएको तथ्यांकले देखाएको छ । 

यस्ताे छ प्रतिवेदन

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update