Odapalika - The Fourth Estate - चौथो अंग
सेनाको हेलिकप्टररबाट जुगल गाउँपालिकामा खाद्यान्न, बिरामी महिलाको पनि उद्धार 
फाइल तस्बिर

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बाढीपहिरोपीडितलाई नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री पुर्‍याएको छ । 

केही दिनअघि परेको भारी वर्षासँग आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ तेगाका स्थानीय विस्तापित भएका छन् । उनीहरुका लागि अत्यावश्यकीय वस्तु सोमबार हेलिकप्टरमार्फत लगिएको जुगल गाउँपालिका अध्यक्ष अध्यक्ष रेशम स्याङ्बोले वडापालिकालाई जानकारी दिए । 

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरले चामल, दाल, नुन, चिउरासहित लत्ताकपडा र ब्ल्यांकेट लगिएको हो । सो क्षेत्रमा तीन घरमा पूर्ण रुपमा क्षति भएको अन्यमा आंशिक क्षति भएसँगै विस्थापित भएकालाई हेलिकप्टरमार्फत खाद्यान्न लगिएको अध्यक्ष स्याङ्बोले बताए । ‘हामीले आज सेनाको हेलिकप्टरमार्फत विस्थापितलाई खाद्यान्न पठाएका हौँ,’ उनले भने 

पहिरोले घरमा भएका खाद्यान्न सबै पुरिएपछि विस्थापितलाई खान बस्न समस्या भएपछि पालिकाले सेनाको हेलिकप्टर प्रयोग गरेर खाद्यान्न पठाएको अध्यक्ष स्याङ्बोको भनाइ 

जुगल गाउँपालिका वडा नम्बर १ स्थित सेलाङमा पहिरोमा परिएका दुईजनाको खोजीकार्य भइरहेको उनले जानकारी दिए । ‘पहिरोमा पुरिएर दुई बेपत्ता भएका छन् । उनीहरुको आज पनि स्काभेटर प्रयोग गरेर खोजिरहेका छौँ,’ उनले भने । 

राहत सामग्री पु¥याउन लगिएको नेपाली सेनाको हेलिकप्टरबाट एक बिरामी महिलाको समेत उद्धार गरिएको अध्यक्ष स्याङ्बोले जानकारी दिए । हातखुट्टा चल्न नसक्ने र बिरामी रहेकी ४० वर्षीय दनरू शेर्पालाई उद्धार गरेर चौतारा अस्पताल ल्याएर उपचार गराइरहेको उनले बताए । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update