काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले एकैपटक ५०६ कर्मचारीको सरुवा गरेको छ । यही असोज ११ गते बसेको महालेखा नियन्त्रक कार्यालयको बैठकले उनीहरुको सरुवा गरेको हो ।
निर्णयअनुसार लेखा अधिकृत/कोष नियन्त्रक/आ.ले.प. अधिकृत ८० जनाको सरुवा गरिएको छ ।
हेर्नुहोस्
यसैगरी सोही दिन बसेको बैठक ४१३ लेखापाल र १३ सहलेखापालको पनि सरुवा गरेको छ ।
यही असोज ९ गते लेखाका २६ उपसचिवको सरुवा गर्ने निर्णय गरेको महालेखा नियन्त्रकको कार्यालयले असोज ११ गते अधिकृतसहित ५०६ कर्मचारीको सरुवा गरेको हो ।
५०६ कर्मचारीमध्ये ४१३ लेखापाल र १३ सहलेखापाल छन् ।
हेर्नुहोस्
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १६:०३
प्रतिक्रिया दिनुहोस्