Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ २४ घन्टाको मौसमी अवस्था 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुँदैछ । बाँकी  प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।  

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।  बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update