Odapalika - The Fourth Estate - चौथो अंग
गढीमाइ मेला व्यवस्थापन गर्न १६ वटा स्थानीय तहका जनप्रतिनिधिसहितकोे समिति गठन 

काठमाडौँ । हरेक ५ वर्षमा बाराको गढीमाइ मन्दिरमा लाग्ने मेला व्यवस्थापन र संचालन गर्न समिति गठन गरिएको छ । 

आगामी मङ्सिरमा लाग्ने मेलालाई सभ्य, भव्य बनाउन महागढीमाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा १११ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा स्थानीयर राजनीतिक दलका प्रतिनिधिसहित १६ वटा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरु छन् । 

समितिको उपाध्यक्षहरुमा मनोजकुमार गुप्ता, रामचन्द्रप्रसाद साह, रामबाबुप्रसाद यादव र कलैश महतो चयन भएको  नवगठित मेला समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

समितिको महासचिवहरुमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता, सचिवहरुमा उमरावती देवीलहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया चयन भएका छन् ।

 समितिको सदस्यमा सबै राजनीतिक दलका प्रतिनिधि, १६ वटा पालिकाका प्रमुख र उपप्रमुख छन् । गढीमाइ मेलामा देश विदेबाट मेला भर्न तीर्थयात्रीहरु आउने गर्दछन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update