Odapalika - The Fourth Estate - चौथो अंग
अपडेट : बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ जना बेपत्ता

काठमाडौँ । केही दिनअघि अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छ । विपत्‌मा परि २८ जना बेपत्ता छन् । 

प्राकृतिक विपत्‌मा परेर १४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको तिवारीले जानकारी दिए । 

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको समेत उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update