Odapalika - The Fourth Estate - चौथो अंग
सेवाग्राहीसँग घुस लिएका तारकेश्वर नगरपालिकामा कार्यरत अमिन अख्तियारको नियन्त्रणमा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईंलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

सोमबार सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारका सहायक प्रवक्ता सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 

उनका अनुसार अमिन चौलागाईंले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुसवापत २० हजार रुपैयाँ  लिइसकेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको हो ।

तारकेश्वर नगरपालिका वडा नं. ६ धर्मस्थलीबाट २० हजार रुपैयाँ घुस र स्रोत नखुलेको ३४ हजार रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update