Odapalika - The Fourth Estate - चौथो अंग
कोशी प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता स्थानीय तहमा, ३८.९१ प्रतिशत उजुरी 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा परेका उजुरीमध्ये ३८.९१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित् रहेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख सुरेश न्यौपानेले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई आर्थिक वर्ष २०८०/०८१ वार्षिक प्रतिवेदन बुझाएका छन् । उक्त प्रतिवेदनका अनुसार सो आर्थिक वर्षमा अख्तियारमा विभिन्न माध्यमबाट परेका २६ हजार ९१८ उजुरीहरूमध्ये ३८.९१ प्रतिशत स्थानीय तहका हुन् ।

अख्तियार इटहरी कार्यालयले कोशी प्रदेशका ११ र मधेश प्रदेशको एउटा जिल्ला हेर्दैै आएको छ । यी जिल्लाका स्थानीय तहसँग सम्बन्धित् भ्रष्टाचार र अनियमितताका उजुरी ३८.९१ प्रतिशत परेका हुन् । यो सबैभन्दा धेरै हो । 

शिक्षामा १५.७९ प्रतिशत, गैरकानुनी सम्पति आर्जनसँग सम्बन्धी ६.९८ प्रतिशत र भूमि प्रशासनसँग सम्बन्धित ६.४ प्रतिशत, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ४.७१ प्रतिशत, वन तथा वातावरणका ३.८२ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ३.६ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३.६१ प्रतिशत, गृह प्रशासनको ३.५२ प्रतिशत, अर्थ क्षेत्रसँग सम्बन्धित २.१३ प्रतिशत, जलस्रोत तथा सिंचाइका २.१० प्रतिशत, खानेपानीका १.६१ प्रतिशत उजुरी परेका अख्तियारले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update