Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानन्यायाधीशको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ ।

बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ । समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसका लागि राउतलाई समितिको बैठकमा बोलाइएको छ ।

संवैधानिक परिषदको गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमशः बेल्जियम र अष्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो ।

समितिले हिजो प्रस्तावित न्यायाधीश र राजदूतद्वयविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको छ । 

समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ र राजदूतद्वय लम्साल र यादवविरुद्ध एक–एक उजुरी परेको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update