Odapalika - The Fourth Estate - चौथो अंग
वैदेशिक रोजगारीमा गएका जनप्रतिनिधिको 'अन्तर्राष्ट्रिय' राजीनामा 

काठमाडौँ । ताप्लेजुंगको  सिरिजङ्घा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले विदेशबाटै राजीनामा पठाएका छन् । 

बैदेशिक रोजगारीका लागि ११ महिना अघि वडाका काम छाडेर हङकङतिर लागेका बोखिमले वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गरेर राजीनामा पठाएका हुन् । 

उनले  १८ असोजदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । २४ कात्तिक २०८० देखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा लेखेका छन् । 

जिल्ला निर्वाचन आयोगका अनुसार उनले राजीनामा पठाएका हुन् । हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update