काठमाडौँ । अविरल वर्षाले ल्याएको विपत्तिले बिपी राजमार्ग अवरुद्ध भएपछि तीन दिनदेखि अलपत्र परेका यात्रुलाई काठमाडौँ महानगरपालिकाले उद्धार गरेर काठमाडौँ ल्याएको छ ।
महानगरले ९१ जना यात्रुलाई महानगरका विभिन्न सवारीसाधनमा राखेर काभ्रेको भकुण्डेबेसीबाट काठमाडौँ ल्याएको महानगरले जानकारी दिएको छ ।
महानगरको विपत् व्यवस्थापन टोलीले अलपत्र परेका तथा खाद्यान्न अभाव भएकाहरुका लागि चाउचाउ, बिस्कुट र पानी उपलब्ध गराउनुका साथै यातायातको अभाबको कारण अलपत्र परेका ९१ जना यात्रुरुहरूलाई काठमाडौं महानगर प्रहरी बलको सवारी साधनमा काभ्रेको भकुण्डेबेसीबाट काठमाडौँ तर्फ ल्याएको हो ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ १५:४४
प्रतिक्रिया दिनुहोस्