Odapalika - The Fourth Estate - चौथो अंग
नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा, कागजात नियन्त्रणमा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । 

भवन निर्माणलगायत कार्यमा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले बुधबार अपरान्ह प्राधिकरणको कार्यालयमा छापा मारेको हो ।

प्राधिकरणको नयाँ भवनमा पुगेर अख्तियारले अनुसन्धानका लागि निर्माणसँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको हो । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update